
काठमाडौं, १७ मंसिर । नेपाली काङ्ग्रेसले पार्टीको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरी प्रचार ब्यानर सार्वजनिक गरेको छ ।
७ वटा प्रदेशमध्ये ६ वटा प्रदेशमा प्रदेश अधिवेशन उद्घाटन गर्ने क्रममा हिजो बिहीबार सो ब्यानर सार्वजनिक गरिएको हो । ब्यानर सार्वजनिक भएसँगै केन्द्रीय प्रचार–प्रसार समितिले निर्धारण गरेको महाधिवेशनपूर्वको एक हप्ते प्रचार अभियान समेत शुरू भएको काङ्ग्रेसले जनाएको छ ।
नेपालको नक्साभित्र दुइ युवाले नेपालको झण्डा र कांग्रेसको झण्डा बोकेको अनि चुनाव चिन्ह रुख तथा वीपी कोइराला लगायतका अग्रज नेतृत्वको तस्वीर अंकित प्रचार ब्यानरको भिडियो भने दुइ दिनपछि सार्वजनिक गरिने काङ्ग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।















प्रतिक्रिया