
काठमाडौं, १७ मंसिर । सुरक्षा गार्डको हत्या गरेको अभियोगमा प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखा गौरीशंकर गाउँपालिका–१ का २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्की छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार काठमाडौंबाट पक्राउ गरेको बताएको छ ।
प्रहरीका अनुसार उनीहरूले दोलखा गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थाका सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या गरेका थिए ।
सोही क्रममा उनीहरूले सहकारीको एक लाख २५ हजार सात सय रुपैयाँ लुटेर फरार भएका थिए । गत १० कात्तिकमा बेपत्ता खड्काको शव १२ कात्तिकमा जुँगुस्थित जंगलमा डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो ।















प्रतिक्रिया