९ कार्तिक २०८३, सोमबार

कांग्रेसको प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुने

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सरेको छ ।

मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति सारेर मंसिर १८ र १९ गतेका लागि तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश महाधिवेशनको नयाँ कार्यतालिका अनुसार अब १७ गते उम्मेदवारी दर्ता हुने छ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै हुने निर्वाचन समितिले जनाएको छ ।