शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि राति ९ बजेदेखि ३ बजेसम्म मतदान हुने

७२ वटा मेशिनमार्फत मतदानको तयारी, नतिजाका लागि भोलिसम्म पर्खिनुपर्ने

दैनिक नेपाल २०७८ मंसिर १३ गते १४:५३

चितवन, १३ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा भावी नेतृत्व चयनका लागि मतदानको तयारी भइरहेको छ ।

तर, एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार आज राति ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको सर्वसम्मतको प्रयास असफल भएपछि अन्तिम समयमा मतदानको तयारी थालिएको हो । उक्त मतदानमा ७२ वटा इलेक्ट्रोनिक भोटिङ मेशिन प्रयोग गरिने भएको छ ।

यसरी गरिएको मतदानको नतिजा भोलि बिहानसम्म आइसक्ने रामलक्ष्णम इनोभेसनका रामप्रसाद रिमालले जानकारी दिएका छन् । एमाले महाधिवेशनमा मतदान गराउने जिम्मा पाएको रामलक्ष्णम इनोभेसनका अनुसार कतिपय नाममा सर्वसम्मत भएकाले ७२ वटा मात्रै मेशिन प्रयोग गर्न लागिएको जनाएको छ ।

सर्वसम्मत नभएको अवस्थामा उनीहरूले १०० वटा मेशिनमार्फत मतदान गराउने पूर्वतयारी गरेका थिए । एमाले महाधिवेशनमा २ हजार २८७ जना प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित