९ कार्तिक २०८३, सोमबार

कमल थापाद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । राप्रपा अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमबीच उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । २०७६ साल फागुन २६ गते तत्कालीन राप्रपा र राप्रपा संयुक्तका बीचमा एकीकरण भएको थियो ।

एकीकरणपछि पहिलोपटक मङ्सिर १५ गते राप्रपाको महाधिवेशन काठमाडौँमा हुँदैछ ।

यसअघि राजेन्द्र लिङदेनले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिसकेका छन् ।