९ कार्तिक २०८३, सोमबार

एमालेको दशौं महाधिवेशन : ६ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ मंसिर । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेहरूमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा छन् ।

उनीहरुसहित ३०१ जना केन्द्रीय सदस्यहरुको नामावली ओलीले आइतबार रातिको बन्दसत्रमा प्रस्ताव गरेका थिए । प्रस्तावमा कोही असन्तुष्ट भए निर्वाचनमा जान आग्रह गर्दै सोमबार बिहान मनोनयन दर्ताको समय दिइएको थियो ।

तर, निर्धारित समय अवधिभित्र ट्रेड युनियनको कोटामा अन्यको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन् ।