शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एमालेमा अध्यक्षसहित १४ जना पदाधिकारीका लागि निर्वाचन हुँदै

दैनिक नेपाल २०७८ मंसिर १३ गते १२:३२

चितवन, १३ मंसिर । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशमा अध्यक्षसहित १४ जना पदाधिकारीमा निर्वाचन हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्ष ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको नामावलीपछि अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि चुनावबाट पदाधिकारी टुंगो लाग्ने भएको हो ।

जसअनुसार अब १ जना अध्यक्ष, ६ जना उपाध्यक्ष र ७ जना सचिव निर्वाचनमार्फत टुंगो लाग्ने भएका छन् । पार्टीको विधान अनुसार १९ जना पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन जना उपमहासचिव निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित