शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

तीनैजना उपमहासचिवसहित पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित

दैनिक नेपाल २०७८ मंसिर १३ गते ११:५२

चितवन, १३ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपमहासचिव पदमा तीनैजना निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल छन् । मनोनयनका लागि तोकिएको समयसम्म अरु कसैको पनि उम्मेदवारी नपरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नामहरू नै उपमहासचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै ओलीले प्रस्ताव गरेको बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलमहासचिवमा शंकर पोखरेल पनि निर्वारोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित