शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन

दैनिक नेपाल २०७८ मंसिर १३ गते १०:५०

चितवन, १३ मंसिर । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल सर्वसम्मत चयन भएका छन् ।

उक्त पदका लागि पोखरेलबाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित हुने भएका छन् । बिहान १० बजेको समय सीमाभित्र अन्य कसैको दाबी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।

निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित