८ कार्तिक २०८३, आइतबार

दशैंको सांस्कृतिक कार्यक्रमस्थलमा मृत भेटिए जाविर हुसेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । रौतहटको गुजरा नगरपालिका–१ मनर्हवामा दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमस्थलमा एक पुरुषको शव फेला परेको छ ।

मृत भेटिएका व्यक्ति ईशनाथ नगरपालिका–५ लक्ष्मिनिया निवासी करिब ३५ वर्षीय जाविर हुसेन रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार शनिबार राति सांस्कृतिक कार्यक्रम सकिएपछि हुसेन स्टेज अगाडि ब्ल्याङ्केट ओछ्याएर सुतेका थिए । आइतबार बिहान ८ः३० बजे उनी मृत अवस्थामा रहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचनापछि प्रहरी चौकी रंगपुरबाट असई राम जुगुद यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो ।

घटनाको थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्स्पेक्टर दिनेश थापाको नेतृत्वमा अर्को टोली समेत खटिएको थियो ।

प्रहरीले घटनास्थलको प्रारम्भिक प्रक्रिया पूरा गरी आइतबार बिहान १०ः५० बजे शव पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रनिगाहपुर पठाएको जनाएको छ ।

मृतकसँग रहेको झोलामा पुराना लत्ताकपडा फेला परेका छन् ।

हुसेनको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।