शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेको बरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित

दैनिक नेपाल २०७८ मंसिर १३ गते ११:०९

चितवन, १३ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको बरिष्ठ उपाध्यक्षमा पूर्वमहासचिव ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

तोकिएको समयभित्र वरिष्ठ उपध्यक्षमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् । उनीहरुको औपचारिक घोषणा हुन भने बाँकी छ ।

अहिलेसम्म निर्विरोध निर्वाचित हुनेमा महासचिव शंकर पोखरेल र तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन् ।

प्रतिक्रिया
सम्बन्धित