
चितवन, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको विद्यमान समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रसरता लिनुपर्ने बताएका छन् ।
जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण दिन चितवन पुगेका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच दलबीच यस विषयमा छलफल तथा निर्णय समेत भइसकेको दाबी गरेका छन् ।
प्रधानमन्त्री देउवाले राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास अध्यक्ष नेपालको छ । ‘केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।















प्रतिक्रिया