९ कार्तिक २०८३, सोमबार

गठबन्धन गरेर चुनाव लड्छौं, एमालेलाई इतिहास बनाउँछौं : माधव नेपाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी दलहरुबीच चुनावी एकता गरेर नेकपा एमालेलाई इतिहास बनाउने बताएका छन् ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्तालाई प्रशिक्षण दिन चितवन पुगेका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेकपा एमालेलाई चुनावमा जसरी पनि हराएर इतिहासको विषय बनाएरै छाडिने दाबी गरेका हुन् । समाजवादी पार्टीतर्फ जनताको आकर्षण देखेर केही नेता आत्तिएको भन्दै उनले आमनिर्वाचनसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने सोत दाबी गरेका छन् ।

‘राष्ट्रियसभा र उपनिर्वाचनमा संयुक्तरुपमा अघि बढेर जितेर देखाउँछौँ,’ अध्यक्ष नेपालले भने, ‘अन्य निर्वाचनको विषयमा सकारात्मक रुपमा छलफल भइरहेको छ ।’ दलहरूबीच गठबन्धन गरेर निर्वाचन लड्ने र एमालेलाई हराउने अध्यक्ष नेपालको तर्क छ ।

नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख नरहेको उनले बताए । उनले भने, ‘नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।’