९ कार्तिक २०८३, सोमबार

उद्योगी–व्यवसायीको राष्ट्रिय भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघल आज आयोजनाा गर्ने राष्ट्रिय भेलालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

भेलामा देशभरबाट उद्योग व्यवसायमा संलग्न रहेका नेकपा एमालेनिकट व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहने छ । उक्त भेलाले नयाँ नेतृत्वको अनुमोदन समेत गर्ने बताइएको छ ।

नेकपा एमालेको २२औँ जनवर्गीय संगठनको रूपमा सक्रिय महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ ।

भेलामा नेताहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल, लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँको लैनचौर बैंकेटमा बिहान १०ः३० बजेपछि भेला शुरू हुने बताइएको छ ।

राष्ट्रिय भेलाले महासंघको नेतृत्वको अनुमोदनका साथै मंसिर १० देखि १२ गतेसम्म हुने एमालेको महाधिवेशनमा सहभागिता र जनपरिचालन गर्ने विषयमा महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।