
काठमाडौं, ३ मंसिर । कात्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहणको सूतक नेपालमा नलाग्ने भएको छ ।
आजको चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने भएकाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको हो । आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने ग्रहरणको नेपाली पात्रोमा उल्लेख समेत नभएको समितिको भनाइ छ ।
नेपाली समय अनुसार आज दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीले जनाएको छ ।















प्रतिक्रिया