९ कार्तिक २०८३, सोमबार

मोटरसाइकल दुर्घटना हुँदा माइतीघरमा एक जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । काठमाडौंको माइतीघरमा आज शुक्रबारबिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल राति साढे २ बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार काभ्रेपलाञ्चोकका २१ वर्षीय रोमन मल्लिकारको मृत्यु भएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते भएका मल्लिकारको उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको थियो ।