शुक्रबार, ५ कार्तिक २०७८
DainikNepal.com
शुक्रबार, ५ कार्तिक २०७८

दसैँ तिहारमा हुन्डाइको हेवी इक्वुपमेन्ट विशेष अफर

दैनिक नेपाल २०७८ असोज ६ गते ११:५३

काठमाडौं, ६ असोज । नेपालको नम्बर १ हेवी इक्वुपमेन्ट हुन्डाइले हालै चाडपर्वको अवसरमा धमाकेदार आकर्षक योजना प्रस्तुत गरेको छ ।

दसैंतिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइको खरिदमा रु. ३ लाख नगद छुट, ४३ इन्चको एमअई टिभि प्रो, २००० घण्टासम्म फ्रि फिल्टर किट आदि सुविधा प्रदान गरेको छ ।

यसरी यो पर्वकोे समयमा कम्पनीले ग्राहकलाई कूल रु. ५ लाख सम्मको सुविधा प्रदान गरेको छ ।

नेपालीहरुको महान् चाडपर्वलाई लक्षित गरी कम्पनीले विगतका वर्षहरुदेखि यस्तै प्रकारको आकर्षक योजना प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीले नेपालमा पूर्वाधार विकास एवं औद्योगिक संरचना, विकास निर्माणमा आवश्यक पर्ने उच्चस्तरीय हेभी मेसिनहरु विगत लामो समयदेखि विक्री वितरण गर्दै आइरहेको छ ।

यो योजना असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हुन्डाइका हेभी उपकरणहरुमा शक्तिशाली एवं भरपर्दो इन्जिन राखिएको छ । यसको मर्मत कम खर्चिलो हुनुका साथै ठूलो वकेट, कतिपय मोडेलहरुमा वातानुकुलित क्याबिन, न्यूनतम मुल्यमा स्पेयर पार्टस् सजिलै उपलब्ध हुने तथा कम्पनीले २४ सै घन्टा, सातै दिन घरदैलो सेवा प्रदान गर्ने आदि सुविधाहरु पनि उपलब्ध गराउने गरेको छ ।

हुन्डाइ बलियो तथा टिकाऊ रहेको छ । उच्चतम भारबहन क्षमता, न्यून सञ्चालन खर्च लाग्ने, आदि हुन्डाइ हेभि उपकराणका विशेषताहरु हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित