काठमाडौं, ६ असोज । नबिल बैंक र नेपाल उद्योग परिसंघ – वूमन लिडरसिप फोरमले महिला उद्यमीहरूका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरू र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।
सीएनआईबाट संयोजक छाया शर्मा, सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह समेत उपस्थित रहेका थिए ।
कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरूको उपस्थिती थियो ।
कार्यक्रमको सुरुवात गर्दै संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरूको प्रशंसा गरिन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँ गाउँमा पु¥याएर त्यहा उद्यमीहरूको सिर्जना गरि दिगो विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताए ।














प्रतिक्रिया