४ मंसिर २०८३, शुक्रबार

कक्षा १२ को परीक्षा बुधबारबाट सञ्चालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० भदौ । कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुनेछ।

परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा संचालन गर्नुपर्नेछ । सरकारले १८ वर्ष पुगेका १२ का विद्यार्थीलाई खोप लगाएको छ ।

परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिएका छन् । साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।