बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

बैंकिङ कसूर मुद्दाका फरार कार्की काठमाडौंमा पक्राउ

दैनिक नेपाल २०७८ भदौ २९ गते १२:०१

काठमाडौं, २९ भदौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारी बस्ने दीपक कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थायी घर भएका ३९ वर्षीय कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७६ फागुन १८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद तथा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं काडाँघारीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित