शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमालेसँग ‘पङ्गा’ लिँदा सभामुखलाई संकट, भट्टराईको खुलासापछि सापकोटालाई तनाब

दैनिक नेपाल २०७८ भदौ २९ गते ९:२१

काठमाडौं, २९ भदौ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले सभामुख बन्न लायक मानिस नरहेको बताएका छन् ।

एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा भट्टराईले सापकोटाले एमालेले राखेका माग पूरा नगरेर राजीनामा दिनुपर्ने माग गरे । उनले एमालेका १४ जना सांसदलाई कारबाही गरेको सूचना ननिकाल्दासम्म सदन अबराध हुने बताए ।

‘सभामुखजीले १४ जना सांसदलाई कारबाही गरेको सूचना जारी गर्नुपर्छ । अन्यथा हामीले संसद चल्न दिँदैनौँ’, प्रमुख सचेतक भट्टराईले भने, ‘संसद चलाउन सक्नु हुन्न भने मार्ग प्रसस्त गर्नुपर्छ । राजीनामा दिनुपर्छ ।’

एमालेका नेता समेत रहेका भट्टराईले सभामुख सापकोटाले एमालेलाई फुटाउन हरसम्भव प्रयास गरेको बताएका छन् ।

भट्टराईले सभामुख सापकोटाले गुरिल्ला शैलीमा संसद बैठक चलाएको बताए । उनले भने, ‘अर्थमन्त्री जनार्दन शर्मा पछाडि एउटा कुनामा बस्नुभएको छ । मन्त्री बस्ने ठाउँमा पनि बस्नुभएको छैन । सभामुखले गुरिल्ला शैलीमा बैठक चलाउनुभयो । अर्थमन्त्री दौडिएर जानुभयो ।’

प्रमुख सचेतक भट्टराई सभामुख सापकोटाले संसदको नियमावली विपरित बैठक सञ्चालन गरिरहेको आरोप लगाए । उनले अहिलेको सभामुख सापकोटाले पदीय जिम्मेवारी सम्हाल्न नसकेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित