४ मंसिर २०८३, शुक्रबार

अध्यक्ष ओली सभामुख सापकोटाले बोलाएको बैठकमा नजाने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओली सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन् ।

सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका छन् । एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको सूचना जारी गर्नुपर्ने भन्दै सदन अबरोध गरेपछि सापकोटाले समाधान खोज्न सर्वदलीय बैठक बोलाएका थिए ।

सापकोटाले बोलाएको बैठकमा ओली नजाने उनको सचिवालयले जनाएको छ । बैठक दिउँसो साढे २ बजे बस्दैछ ।

सभामुख सापकोटाले भने एमाले संसदीय दलको नेता ओलीलाई बैठकमा आमन्त्रण गरेका थिए ।

पुस ५ र जेठ ७ गतेको संसद् विघटनले सभामुख सापकोटा र अध्यक्ष ओलीबीच दुरी बढेको छ ।

सभामुख सापकोटाले यसअघि बोलाएको सर्वदलीय बैठकमा पनि ओली सहभागी भएका थिएनन् ।

ओलीले आजको सर्वदलीय बैठकमा आफू नगए पनि दलका उप–नेता सुवासचन्द्र नेम्वाङलाई पठाउने तयारी गरेको बुझिएको छ ।