४ मंसिर २०८३, शुक्रबार

देउवाका विशेष दूत बालकोटमा, ओलीसँग सम्बन्ध सुधारको प्रयास

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँगको सम्बन्धलाई सुधारको प्रयास गरेका छन् ।

एमाले विभाजन गर्न अध्यादेश ल्याएको भन्दै एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री देउवासँग रिसाएका छन् ।

ओलीका सार्वजनिक अभिव्यक्तिहरू देउवाविरुद्ध पनि आउने गरेका छन् ।

देउवाले मंगलबार राति कानून, न्याय तथा संसदीयमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीसँग कुरा गर्न पठाएका छन् । मन्त्री कार्की बालकोट पुगेर ओलीसँग परामर्श गरेर आएका छन् ।

ओलीसँगको भेटमा मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको सन्देश सुनाएका छन् । देउवाले प्रमुख प्रतिपक्ष दल एमालेसँग सहकार्य गरेर प्रतिनिधि सभाको बैठक अगाडि बढाउन चाहेका सन्देश ओलीलाई पठाएका थिए ।

एमालेका अध्यक्ष ओलीले के जवाफ दिएका छन् केही भनिएको छैन । ओली र सभामुख अग्निप्रसाद सापकोटाबीचको सम्बन्ध निकै खराब बनेर गएको छ । यस्तो अवस्थामा सरकारलाई संसद चलाउन र विधेयकहरू अगाडि बढाउन समस्या हुनेछ ।

प्रधानमन्त्री देउवाले ओलीलाई पनि साथ र विश्वासमा लिएर सदन चलाउन चाहेको सन्देश दिएका छन् ।