काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
सोमबार नेपाली कांग्रेस काठमाडौं वडा नम्बर ३० ले आयोजना गरेको कार्यक्रममार्फत थापाले यस्तो घोषणा गरेका हुन् ।
थापाले आफूले औपचारिक रूपमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेको बताए । उनले आफू सर्वसम्मत उम्मेदवार बन्न प्रयास गरिरहेको बताएका छन् ।











प्रतिक्रिया