४ मंसिर २०८३, शुक्रबार

महासचिव पोखरेलद्वारा एमालेको अध्यक्षमा उम्मेदवारी दिन सक्ने संकेत

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । एमाले विभाजन भएको एक हप्तापछि महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवार बन्न सक्ने संकेत गरेका छन् ।

काठमाडौंमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका हुन् । उनले उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने बताएका छन् ।

पोखरेलले आफूमा क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि योग्य रहेको बताए ।

उनले भने, ‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन । देशको परिस्थिति कस्तो हुन्छ ? देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ?’

उनले आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने बताएका छन् ।