कुश्मा, २२ साउन । जिल्ला प्रहरी कार्यालय पर्वतले ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी पक्राउ गरेको छ ।
बिहादी गाउँपालिका–१ बाच्छाका ३१ वर्षीय डिलबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालीलाई जिल्ला अदालत पर्वतले २०७० असार ३ गते ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सुनाएको थियो ।
आठ वर्षसम्म फरार रहेका नेपालीलाई खोजतलासको क्रममा कुश्मा नगरपालिका–५ बडागाउँबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
प्रतिवादी नेपालीलाई अदालतले तोकिएको कैद–सजाय भुक्तानीको लागि कारागार चलन गरेको प्रहरी निरीक्षक अधिकारीको भनाई छ ।















प्रतिक्रिया