९ कार्तिक २०८३, सोमबार

एमाले कार्यदलको बैठक सकियो, के-के भयो त प्रगति ?

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । पार्टीको विवाद समाधानका लागि निरन्तर सक्रिय नेकपा एमालेको १० सदस्यीय कार्यदलको बैठक सकिएको छ ।

बिहीबार साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठकले कुनै ठोस निष्कर्ष भने निकाल्न सकेन ।

यद्यपि शुक्रबार विहान साढे ११ बजे बैठक पुनः बसेर विवादलाई टुंगोमा पुर्याउने नेताहरुले बताएका छन् ।

आज अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विष्णु पौडेल बैठकमा उपस्थित नभएपछि विशेष ढंगले अघि नबढेको नेपाल पक्षले जनाएको छ ।