काठमाडौं, २३ असार । गृह सचिव बन्न सरकारलाई दवाव बनाउन यादव कोइरालाले मिडिया ट्रायल गरेको खुलासा भएको छ ।
कोइरालाले बढाचाइ चढाइ गरेर केही साप्ताहिक र अनलाइनहरूमा आफ्नो पक्षमा समाचारहरू लेखाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव कोइरालाले कुनै पनि हालतमा गृहको सचिव बनेर गृह मन्त्रालयमा जान खोजेका छन् ।
बामदेव गौतमसहित एमाले निकटका नेता र नेपाली कांग्रेसका पूर्व गृहमन्त्रीहरूमार्फत कोइरालाले गृह सचिव बन्न लविङ गर्दै आएका छन् ।
कोइरालाले गृह मन्त्रालयको सचिव हत्याउन समाचारहरूमा आफ्नो बयान लेखाएर सबै प्रयासहरू गरेको खुलासा भएको छ ।
ओम्नी काण्डमा मुछिएका कोइरालाले आफू निकटका कर्मचारीहरूसँग प्रधानमन्त्री केपी ओली र गृहमन्त्री विष्णु पौडेललाई आफूले कन्भिन्स गरिसकेको बताउने गरेको स्रोतको भनाइ छ ।
विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव रहेका बेला कोइराला ओम्नी काण्डको विवादमा मुछिएका थिए । कोइरालाकै कारण ओम्नी काण्ड र स्वास्थ्य सामग्री खरिदमा सरकारको ठूलो बद्नाम भएको थियो ।















प्रतिक्रिया