९ कार्तिक २०८३, सोमबार

रुपन्देहीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १४ असार । कञ्चन गाउँपालिका–५ पिपरीचापास्थित सडकमा लु.७२ प ५७३५ नम्बरको स्कुटर सालको रुखमा ठोकिएर आइतबार बिहान दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४३ वर्षीय गुन बहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।