लोहारपट्टी, १४ असार । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरा घर भएकी सुजिता ठाकुरको शव भेटिएको छ ।
जेठ महिनाको १९ गतेदेखि हराएकी सुजिताको आफ्नै खेतमा शव भेटिएको हो । २६ वर्षीया सुजिता ठाकुरको शव आफ्नै खेतमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुजिताको शव घरबाट एक किलोमिटरको दूरीमा रहेको आफ्नै खेतमा प्रहरीले पत्ता लगाएको हो ।
माइती पक्षले भने सुजिताको शव देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससूरा पतिराम ठाकुर सहित परिवारजनले लुकाएको आरोप लगाउँदै आएका थिए ।















प्रतिक्रिया