९ कार्तिक २०८३, सोमबार

चट्याङ लागेर २ जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असार । रौतहट, परोहा नगरपालिका–२ जिगडवा वेलबिछुवा बस्ने ३५ वर्षीय शेख जमसैदको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नो घर भन्दा बाहिर बेसेकोमा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका उनको सुकदेवचोकस्थित शिवदर्शन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पर्सा, जिराभवानी गाउँपालिका–३ जितपुर बस्ने ६५ वर्षीय राजेश्वर साह तेलीको चट्याङ लागेर शनिबार बिहान मृत्यु भएको छ । सोही गाउँपालिका–२ स्थित आफ्नै खेतमा काम गर्न जाँदा अचानक चट्याङ लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।