कैलाली, १२ असार । कैलाली जिल्लाको टीकापुर नगरपालिका–१ टीकापुरस्थित बसपार्क ईलाकाबाट सशस्त्र प्रहरीले करीव ४ चार लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको टिकापुर नगरपालिका ८ बस्ने ४० वर्षीय ज्योतिसिंह चौधरी छन् ।
भारतबाट अवैध रुपले से २ प ५५४८ नम्बरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त हार्डवयरका सामानसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कालाकुण्डाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चौधरीलाई बरामद सामान तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सेती भन्सार कार्यालय खक्रौलामा बुझाईएको छ । उक्त मोटरसाईकलको भन्सार दाखिला १ लाख रुपैयाँ रहेको छ ।















प्रतिक्रिया