९ कार्तिक २०८३, सोमबार

चितुवाको छालासहित स्वयम्भुबाट २ जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ११ असार । काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट १ थान चितुवाको छाला सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका–३ सिरटोल घर भएका ३२ वर्षीय सुशिल कुमार वाईबा र ध्याङलेख गाउँपालिका–१ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाईबा रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।