बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, १४औँ महाधिवेशनबारे छलफल हुने

दैनिक नेपाल २०७८ असार ३ गते १०:५४

काठमाडौं, ३ आर । मुलुकको पछिल्लो अवस्था र १४औँ महाधिवेशनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि पदाधिकारी बैठकले महाधिवेशन १६ भदौदेखि गर्ने निर्णय गरेको छ । उक्त निर्णयमाथि केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित