१५ कार्तिक २०८३, आइतबार

पोखरेलले दिए स्वास्थ्य सामाग्रीका लागि स्वीजरल्याण्डलाई धन्यवाद

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असार । नेकपा (एमाले)का महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत महामहिम एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई धन्यवाद दिए ।

उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीजरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको थियो । राजदूत क्यापीलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताइन् ।