१५ कार्तिक २०८३, आइतबार

थप ३ हजार ८२ जनाले जिते कोरोना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ असार । पछिल्लो २४ घण्टामा थप ३ हजार ८२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ ।

गत २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ६८७ पीसीआर र ४ हजार ३३५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७४५ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख १४ हजार २१६ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ जना रहेको छ ।

२४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५५८ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।