
काठमाडौँ, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ६८७ पीसीआर र ४ हजार ३३५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ७४५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ६ लाख १४ हजार २१६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ८२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ४३ हजार ५२१ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६२ हजार १३७ जना रहेको छ ।
२४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ५५८ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया