१५ कार्तिक २०८३, आइतबार

वर्षाका कारण लुम्बिनी प्रदेशमा बस्ती डुबानमा, सडक अवरुद्ध

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, २ असार । तीन दिनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा केही बस्तीहरु डुबानमा परेका छन् ।

त्यस्तै, पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसार ठाउँ ठाउँमा पहिरो गएको तथा बाढीले गर्दा सडक अवरुद्ध बन्न पुगेको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ ।

वर्षाका कारण पाल्पा–रिडी, पाल्पा–राम्दी, पाल्पा–आर्यभञ्जाङसहित गाउँ जोड्ने सडक अवरुद्ध भएको छ । यस्तै, गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।