
काठमाडौँ, १ असार । गृहमन्त्री खगराज अधिकारीले प्रहरीको सरुवा बढुवामा आफ्नो कुनै रुची नभएको स्पष्ट पारेका छन् ।
मंगलबार संञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सधैँ विवादित बन्ने सरुवा बढुवामा आफ्नो कुनै रुचि नभएको उनले स्पष्ट पारेका हुन् । उनले भने, ‘प्रहरीको सरुवा–बढुवामा मेरो कुनै रुची छैन ।’
अनुभव, कार्यशैली, क्षमताका आधारमा सरुवा र बढुवा गर्ने पद्दतिको विकास गरेर अघि बढ्ने विषयमा आफूू ढुक्क भएको मन्त्री अधिकारीले जनाए ।
उनले माथिल्लो निकायबाटै सरुवा बढुवाको लागि दवाव आउने गरेको उनले संकेत गर्दै भने, ‘उच्च व्यक्तिहरुकै रुची भने बढी नै भइरहेको पाएँ ।’












प्रतिक्रिया