१५ कार्तिक २०८३, आइतबार

उपत्यकामा पनि घट्दै संक्रमण, थप ६५३ जनामा कोरोना पुष्टि

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० जेठ । काठमाडौँ उपत्यकामा थप ६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौँमा ४८३, ललितपुरमा ११२ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ५१७ पीसीआर र ४ हजार ८८९ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ४०७ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ८ हजार ४७२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ५ लाख ३१ हजार १०५ जना पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ जना रहेको छ ।

२४ घण्टामा थप ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४१२ सय जना पुगेको मन्त्रालयले जनाएको छ ।