
काठमाडौँ, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गराउने संकेत बुझिएको छ ।
स्रोतका अनुसार पार्टीभित्र आफ्नो पक्षमा बहुमत जुटाउन नसकेपछि सो पक्षले नयाँ पार्टी दर्ता गर्ने मनस्थिति बनाएको बुझिएको छ ।
आइतबार निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।
स्रोतका अनुसार ५१ जना कार्यकारिणी सदस्यमध्ये १९ जना मात्रै ठाकुरको पक्षमा देखिएका छन् ।
जति जनाको हस्ताक्षर आउँछ त्यति नै बुझाएर नयाँ पार्टी दर्तामा जानेबारे छलफल भइरहेको जनाइएको छ ।












प्रतिक्रिया