९ कार्तिक २०८३, सोमबार

सुनको सिक्री लुटपाट गरेको अभियोगमा पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २९ जेठ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित सडकमा पैदल हिंडिरहेकी २८ वर्षीया महिलाको पौने एक तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा काठमाडौं पकनाजोल बस्ने प्युठान झिमरुक गाउँपालिका–१ घर भएका २८ वर्षीय नविन थापालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थापाले सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ चमती बिनायक बस्तीबाट उनलाई उक्त सिक्री सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।