शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कांग्रेस सांसद बैद्यलाई फौजदारी अभियोगमा कारबाही गर्न एमालेको माग

दैनिक नेपाल २०७८ जेठ २९ गते १०:४४

काठमाडौं, २९ जेठ । सत्तारुढ एमालेले नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यलाई फौजदारी अभियोगमा कारबाही माग गरेको छ ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गरेर बैद्यलाई कारबाहीको माग गरेका हुन् ।

‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले प्रधानमन्त्री केपी ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा ९एमाले० ले अत्यन्त गम्भीर रुपमा लिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ’, ज्ञवालीले भनेका छन् ।

‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानून समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ’, एमालेले भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित