मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित पक्राउ

दैनिक नेपाल २०७८ जेठ २९ गते १०:२८

काठमाडौं, २९ जेठ । झापा जिल्लाको झापा गाउँपालिका– ४ बाट जेठ २७ गते सशस्त्र प्रहरीले करीव २२ ग्राम ६३ मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँको बेलायतीबारी बस्ने १८ वर्षीय दिलदास आलमलाई पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश बेलायतीबारीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित
परिमाणको खैरो हेरोईन फेला परेको हो ।

पक्राउ परेका आलमलाई बरामद खैरो हेरोईनसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सप्तरी जिल्लाको राजगढ गाउँपालिका २ बनैनियास्थित सीमा ईलाकाबाट जेठ २७ गते सशस्त्र प्रहरीले २१ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको राजविराज नगरपालिका ५ बस्ने २१ वर्षीय अविनास साह छन् । को १० प ९४५२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित