९ कार्तिक २०८३, सोमबार

मुस्ताङमा माछा मार्ने क्रममा डुवेर मृत्यु भएका पुनको शव फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुरुताङ्ग, २७ जेठ । मुस्ताङ्ग जिल्लाको थासाङ गाउँपालिका–२ भन्ज्याङ्गस्थित सेखुम तालमा डुवेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको
छ ।

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोभा घर भएका २२ वर्षीय रेमश पुन मगर उक्त तालमा माछा मार्ने क्रममा डुवेर बेपत्ता भएको बताइएको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङ्गबाट खटिएको सशस्त्र प्रहरीले उनको शव उक्त तालबाट बाहिर निकालेको हो ।