९ कार्तिक २०८३, सोमबार

एटिएम मेशिन फुटाउने युवक पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

उदयपुर, २५ जेठ । गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैँकभित्र प्रवेश गरेर एटिएम मेसिनमा हम्बरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि मेनेजरलाई खबर गरेका थिए ।

मेनेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवा भागेर बजारतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्लाका प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए ।

पक्राउ गरिएका युवा भारत घर बताउने गरेको र उदयपुरको गाईघाट बजारकै एक फर्निचर उद्योगमा काम गर्ने २१ वर्षीय युवा भएको प्रहरीले बताएको छ ।

पक्राउ गरिएका युवाले बैंकको एटिएम फोरेर कति रकम लगे र त्यसमा को–को सङ्लग्न थिए भनेर प्रहरीले पक्राउ गरिएका युवालाई अनुसन्धान शुरु गरेको छ । –रासस