९ कार्तिक २०८३, सोमबार

वागमती प्रदेश सभाको अधिवेशन जेठ १६ देखि सुरु हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ ।

प्रदेशमा बिहीबार बसेको सर्वदलीय बैठकले अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

वागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड– १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

उनले भने– ‘संसद अधिवेशन चल्दैछ । त्यो अधिवेशन चलाउनको निमित्त कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरेको हो । सर्वदलीय बैठकले हाउस कसरी चलाउने, कोभिड – १९ को प्रकोप धेरै छ ।

कोभिड –१९ को बीचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ । त्यसैले यसलाई कसरी सहज गर्ने र साथीहरूका बिचमा केही त्यस्ता छन् भने ती सबै कुरामा छलफल गरियो र सहज ढंगले १६ गतेदेखि हाउस चलाउने कुरामा हाम्रो आम सहमती भयो ।’