
काठमाडौँ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले स्वागत गरेका छन् ।
आइतबार एक जारी गर्दै अध्यक्ष ठाकुरले अध्यादेशको स्वागत गरेका हुन् । ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लाखौं लाख नेपाली नागरिक आमाका सन्तान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान, जसलाई अद्यावधि नेपाली नागरिकताबाट बन्चित राखिएको थियो, वर्षौँ प्रतिक्षा पछि जसपा नेपालको निरन्तर संघर्ष र प्रयासपछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको जानकारी गराउँदछौं ।’
त्यसैगरी, जनकपुरमा जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताले दीप प्रज्वलन गरेर खुसीयाली मनाएका छन् ।
















प्रतिक्रिया