बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

सगरमाथाको क्याम्प–२ मा भेटिएको मानव कङ्काललाई हेलिकोप्टरमार्फत लुक्ला पठाइयो

दैनिक नेपाल २०७८ वैशाख ३० गते १६:२५

काठमडौं, ३० वैशाख । नेपाली सेनाको टोलीले सगरमाथाको क्याम्प–२ मा मानव कङ्काल फेला पारेको छ ।

‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर सङ्कलन कार्यका खटिएका नेपाली सेनासहितको टोलीले मंगलबार दायाँ हात र बाँया पाखुरा फेला पारेको हो । फेला परेको उक्त कङ्काल सोही दिन सेनाले सगरमाथाको बेसक्याम्पबाट हेलिकोप्टरमार्फत लुक्ला पठाएको जानकारी दिएको छ ।

साथै आवश्यक प्रक्रियाका लागि लुक्लास्थित इलामा प्रहरी कार्यालयलाई उक्त कङ्काल बुझाइएको सेनाले जानकारी दिएको छ ।

सोही अभियानअन्तर्गत सेनाले यसअघि सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिको हेलिकोप्टर र त्यसमा सवार मानिसको अवशेष धवलागिरि हिमालमा फेला पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित