सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

फोहोर संकलन गर्ने क्रममा भेटियो १५ वर्षअघि हराएको हेलिकोप्टर र मानव अवशेष

दैनिक नेपाल २०७८ वैशाख १७ गते २२:१३

काठमाडौं, १७ वैशाख । फोहोर संकलन गर्ने क्रममा १५ वर्षअघि हराएको हेलिकोप्टर र त्यसमा सवार मानिसको अवशेष फेला परेको छ ।

नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टिक हेलिकोप्टर धवलागिरि हिमालमा फेला परेको हो ।

नाइन एन ए सीआर कलसाइनको सो हेलिकोप्टर सफाइ टोलीले फेला पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हेलिकोप्टरसँगै २ जना मानिसको अवशेष पनि भेटिएको सेनाले जनाएको छ ।

मृतकको पहिचान खुल्न नसकेकाले छानविन भइरहेको सैनिक प्रवक्ता सन्तोषबल्भव पौडेलले बताए । उक्त हेलिकोप्टर धवलागिरि बेसक्यापबाट २०० मिटर दक्षिणतर्फ माउन्टेन इक्यूपमेन्टसहित फेला परेको छ ।

हेलिकोप्टरसँगै भेटिएको शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग छलफल भइरहेको समेत सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित